एजेन्सी ।
इंग्ल्यान्डले युरोपियन यू-२१ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। इंग्ल्यान्डले करिब ४० वर्षपछि पहिलो पटक यू-२१ च्याम्पियनसीपको उपाधि हात पारेको हो। शनिबार राति भएको फाइनलमा स्पेनलाई १–० गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो।
इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले निर्णायक गोल गरे। जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलसँगै इंग्ल्यान्डले उपाधि हात पार्याे। यसअघि इंग्ल्यान्डले सन् १९८२ तथा १९८४ मा उपाधि जितेको थियो।
प्रतिक्रिया