काठमाडौँ ।
कोशी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का ज्याईँ जीवन आचार्य पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्ड’ का ज्वाइँ आचार्य मन्त्री बन्ने पक्का भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।
यसअघि शुक्रबार पनि आचार्य नै मन्त्री बन्ने बताइएको थियो। तर, कोशी प्रदेश समितिले पहिले मन्त्री बनिसकेकालाई पुनः नबनाउने भनेपछि उनको शपथ रोकिएको थियो। तर, उनी मन्त्री बन्ने पक्का भएको छ। “उहाँलाई पठाउने पक्का भएको छ,” एक सांसदले भने, “अरु मन्त्रीका नाम टुंगीन बाँकी छ।”
मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिइसकेका छन्। माओवादी केन्द्र भने अहिलेसम्म सरकारबाहिरै छ। आन्तरिकरूपमा सहमति नभएपछि माओवादी सरकारबाहिरै रहेको हो।
प्रतिक्रिया