प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : सचेतक बर्तौला

प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : सचेतक बर्तौला


काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालले आजपनि संसद चल्न नदिने भएको छ। प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान छ।

एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए। ‘अहिलेका लागि एमालेको अडान प्रधानमन्त्रीको राजीनामा हो। प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न सक्दैन । एमालेले अवरुद्ध गर्छ’ उनले भने।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ। एमालेले सोही माग राखेर आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ।