काठमाडौँ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्।
आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एव समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापाले आज शपथ लिएका हुन्।
मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रीमण्डल गठन गरेका छन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीले कमल जबेगु र नेपाली काङ्ग्रेसबाट प्रदिप सुनारलाई मन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरुले पनि शपथ लिएका छन्।
प्रतिक्रिया