काठमाडौँ ।
मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।
मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ।
“सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू) सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका थिए।
उनलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो, अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ। आजदेखि उनलाई वार्डमा भर्ना गरिएको छ। उनले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नेछन्।
रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उनी केही दिनदेखि होशमा आएका छन्। फेरि कुराकानी गरिरहेका छन्। गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जितेका थिए। सन् २०२० देखि लगातारपेरिस सेन्ट जर्मेनमा सामेल भइरहेका थिए।
प्रतिक्रिया