काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्नेगरी कुनै राष्ट्रघाती काम नगरेको बताएका छन्।
बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले सरकार बाहिर बसेको पीडा अभिव्यक्त गरेको बताए ।
सांसद दाहालले सरकार अंक गणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए । उनले प्रतिपक्ष दलले जस्तो देश नबेचेको पनि बताए।
सांसद दाहालले सरदार प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षा राखेको कुरा अभिव्यक्त गरेका र सोही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै सो विषय राजनीतिक विषय नभएको बताए।
सांसद दाहालले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदिक्षासहित सरदार सिंहले नेपाल र भारतका व्यक्तिहरुलाई भेटेको बताएपनि प्रधानमन्त्रीले नअह्राएको बताए। उनले कुनै व्यक्तिले कसैप्रति राखेको सदिक्षालाई लिएर संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नभएको बताए।
प्रतिक्रिया