काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो।
संसदीय दलको बैठक १ः३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुने उनले बताए।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले संसदमा आक्रमक हुने देखिएको छ।
प्रतिक्रिया