काठमाडौँ ।
नेपाली रक गायक रविन तामाङको निधनमा नेतादेखि कलाकारसम्म स्तब्ध बनेका छन्। मंगलबार आफ्नै निवासमा मृत भेटिएका गायक तामाङलाई यतीबेला नेता, कलाकार र उनका फ्यानहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिइहरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गायक तामाङको निधनमा दुखित भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, आज मलाई उन्नति भयो, खेल्यो हाम्रो जिन्दगी। भनन मलाई कहाँ खेल्छ हाम्रो केटाकेटी..अलबिदा रोबिन दाई । यस्तै रास्वपाकी सांसद सुमना श्रेष्ठले रविन दाई तपाईलाई धेरै मिस गछौँ भनेर लेखेकी छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहा (बालेन)ले पनि गायक तामाङप्रति श्रदासुमन अर्पण गरेका छन्।
रकस्टार अभया सुब्बा, अभिनेता कार्म, चर्चित हास्य कलाकारहरिवंश आचार्य, निमा रुम्बा, संजय श्रेष्ठ, राजेशपायल राई, मंगोलियन हार्ट, रचना रिमाल, आस्था रावत, प्रमोद खरेल, शिव परियार लगायतले रक गायक रविनको निधनमा सामाजिक संजालमार्फत समवेदना व्यक्त गरेका छन्।
गायक शिव परियार लेख्छन्, नेपाली रक सङ्गीतका एक लिजेन्ड सम्माननिय कलाकार आदरणीय रबिन तामाङ दाई प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु। स्तब्ध..विश्वास गर्न गाह्रो ‘ वैकुण्ठ मा वास होस रोबिन दाई भनेर गायक प्रमोद खरेलले लेखेका छन्।
६० वर्षीय रविन तामाङ मंगलबार साँझाबूढानीलकण्ठस्थित आफ्नै घरमा मृत भेटिएका थिए।
प्रतिक्रिया