काठमाडौँ ।
आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जिम्बाब्बेमा जारी खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसामु २६९ रनको लक्ष्य दिएको छ।
जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा आयरल्यान्डले मंगलबार टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रनको योगफल बनाएको हो।
नेपालका विकेट किपर अर्जुन साउद ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन जोडे। अर्जुन २६औं ओभरको अन्तिम बलमा स्पिनर ग्यारेथ डेलानीको अर्जुन एलबीडब्लू आउट भएका थिए। उनले कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे। रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनको योगदान दिए।
३८ बलमा ५ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ४४ र भीम सार्की २० रन जोडे। ओपनर कुशल भुर्तेलले ८ रन मात्र जोडन सफल भए। ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा सीमित हुन पुगे।
दिपेन्द्र सिंह ऐरी शून्य रनमै प्याभिलियन फिर्ता भए। गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरेर आठौं विकेट धरापमा पारे। गुलशनले ४२ बलमा बलमा ४ चौका र २ छक्का हाने भने किशोर महतो १ रनमा नटआउट भए।
प्रतिक्रिया