कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ !

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ !


काठमाडौं, २८ पुस । कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
मन्त्रालयले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।
मन्त्रालयले आज बुधवार निकालेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन् ।