काठमाडौँ ।
साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। गोली हानाहानमा बागलुङका ६० वर्षीय नैनसिंह नेपालीको मृत्यु भएको स्टेट न्युज एजेन्सी एसपीएले जनाएको छ।
उक्त घटनामा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।
नेपाली सन् २००१ देखि साउदीमा थिए। साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए।
नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।
समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलाएका थिए।
यो पनि…

प्रतिक्रिया