काठमाडौँ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको वरीयता खस्किएको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेको हो।
यसअघि १ सय ७५ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १ सय ७६स्थानमा झरेको छ। नेपाल भर्खरै साफ च्याम्पियनसीपको समूह चरणबाटै बाहिरिएको थियो।
साफ राष्ट्रहरुमध्ये भारत (१०० औँ) तथा माल्दिभ्स (१५४) भने नेपाल भन्दा माथि रहेका छन्। भुटान (१८४), बंगलादेश (१९२), पाकिस्तान (२०१) तथा श्रीलंका (२०७) भने नेपाल भन्दा पछाडी छन्।
प्रतिक्रिया