काठमाडौँ ।
मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ। यससँगै समूह ‘ए’ मा रहेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
तीन टिम समावेश यस समूहमा मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। नेपालले जितेसँगै मलेसिया पनि अन्तिम चारमा प्रवेश गरेको छ।
बुधबार नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १३ ओभर २ बलमा सबै विकेट गुमाएर रनमात्र जोड्न सक्यो । थाइल्यान्डका लागि एहसान बनर्जीले १६ रन तथा दानुपोथ फुआङयोटिपिनिटले १२ रन बनाए।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ५ विकेट हात पारे। अशोक धामीले ३ र अभिषेक तिवारीले २ विकेट लिए। यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमै सर्वाधिक ७४ रन जोड्दा ८ चौका र ६ छक्का हाने। नरेनले ५५ रन बनाए । सन्तोष यादवले ४२ रन तथा सुर्यान्सु कोइरालाले ४० रन जोडे।
थाइल्यान्डका लागि नटपाखन मानोओन, फानुवाट डसुन्गनोएन र राथासाट वानिचाखमले समान २(२ विकेट लिए।
प्रतिक्रिया