साफ च्याम्पियनशिप : नेपालद्वारा पाकिस्तान पराजित 

साफ च्याम्पियनशिप : नेपालद्वारा पाकिस्तान पराजित 


काठमाडौँ ।

भारतमा जारी १४ औँ साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेको छ। बेंगलोरस्थित कान्तिराव स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको हो।

नेपालका आशिष चौधरीले खेलको ८०औं मिनेटमा गोल गरेका थिए। चौधरीको यो डेब्यु गोल हो।

दुवै टिमले डेढ दर्जन गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेका थिएनन्। यसअघि नेपाल कुवेतसँग ३–१ र इन्डियासँग २–० गोल अन्तरले पराजित भएको थियो। कुवेत र इन्डिया विरुद्धको खेल हारेको नेपाल र पाकिस्तान दुवै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।