ललिता निवास प्रकरण : काठमाडौँका विभिन्न स्थानबाट थप चार जना पक्राउ

ललिता निवास प्रकरण : काठमाडौँका विभिन्न स्थानबाट थप चार जना पक्राउ


कामठाडौँ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललिता निवास प्रकरणमा थप चार जनालाई पक्राउ गरेको छ। सिआईबीले मंगलबार बिहान भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

त्यसपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका हुन्। प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो।

ललिता प्रकरणमा अन्य केही मानिसलाई पनि निगरानीमा राखेर पक्राउ गर्ने तयारी गरिरहेको छ। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर भएको थियो। जसमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।