धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने


काठमाडौँ ।

हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने भएको छ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो। धुर्मुस सुन्तलीले आज युट्युबमा फिल्म सार्वजनिक गर्दैछन्। फिल्ममा उनीहरूलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइने छ।

फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ। यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन्। सुदिप बरालको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ।