साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतको अग्रता

साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतको अग्रता


काठमाडौँ ।

साफ च्याम्पियनसिप अन्तर्गत जारि समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग २ गोलले पछि परेको छ। भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा जारि खेलको दोस्रो हाफमा भारतीय टोलीका क्याप्टेन सुनिल थापाले खेलको ६२ औँ मिनेटमा गोल गर्दै भारतले नेपालविरुद्ध एक गोलको अग्रता लिएको हो।

खेलको ६९ औँ मिनेटमा भारतले कप्तान सुनिल थापाले हाने गोल पोलबाट फिर्ता हुँदा महेश सिंहले हेड मार्फता भारतका लागि दोस्रो गोल गरेका छन्।

खेलको पहिलो हाफमा भने दुवै टिमले गोलगर्ने अवसरहरु सदुपयोग गर्न नसक्दा बराबरी खेलेका थिए।