काठमाडौँ ।
साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कुवेतसँग पहिलो हाफमा २ गोलले पछि परेको छ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतले नेपालविरुद्ध २ गोल गरेको छ।
खेलको पहिलो हाफ सकिदा कुवेतले खेलमा २–० गोलको अग्रता लिएको छ। खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।
कुवेतले ४२औं मिनेटमा कुवेतका खेलाडी अलखालिदले गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफमा नेपालका लागि अन्जन विष्टले डिबक्स भित्र मौका पाए पनि गोल गर्न सकेनन्।
१४औं संस्करणको साफको पहिलो खेलमा नेपालले आमन्त्रित टिम कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। ।
प्रतिक्रिया