‘परस्त्री’ मा अत्यधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति

‘परस्त्री’ मा अत्यधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति


काठमाडौँ ।

नेपाली र हिन्दी दुवै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ। चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

आउने साता अर्थात् असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिइएको छ। सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेड सिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरू ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ। 

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरूले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैँची लगाएका हुन। तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्वीकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन्। सेन्सर बोर्ड र निर्माण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्योलमा पर्ने देखिएको छ। 

विवाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौँलगायतमा खिचिएको थियो। सो फिल्ममा कोसिस क्षेत्री, गौरव विष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ।