काठमाडौँ ।
बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया