मुम्बई ।
निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ। पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो। त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए।
त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए। जून १६ मा जब फिल्म रिलिज भयो, तब दर्शकहरुको निशानमा फिल्म पर्यो। पौराणिक कथामा आधारित फिल्ममा जुन प्रकारले संवाद र भीएफएक्सको प्रयोग भयो, त्यो कुरा दर्शकका लागि अपाच्य भयो ।यसको परिणाम स्वरुप फिल्मविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म रिस पोखिए।
फिल्म ‘बाहुबली’मा सबैलाई आफ्नो शरीर र अभिनयले मोहित पारेका प्रभास पनि ‘राम’को रुपमा दर्शकको मनमा बस्न सकेनन्। निर्देशक राउतका अनुसार फिल्ममा प्रभास पनि रामको भूमिकामा अभिनय गर्न इच्छुक थिएनन्। तर निर्देशक राउतले उनलाई मनाएरै छोडे।
‘साँचो कुरा भन्नु पर्दा प्रभासलाई मनाउनु सजिलो थिएन, किनकी महामारीको समयमा मेरो ऊसँग फोनमा कुराकानी भएको थियो। कुराकानीका क्रममा प्रभासले मलाई यस्तो के छ कि म यो भूमिका निभाओस् भन्ने तपाईं चाहनुहुन्छ भनेर सोधे। त्यसपछि मैले ‘के तिमी ठीक त छौ ? मेरो अर्थ हो कि म चाहन्छु तपाई प्रभु श्रीरामको भूमिका निभाउनुहोस्। म चाहन्छु कि तपाईं राघवको भूमिका निभाउनुहोस्।
उनले भने पक्का ? मैले हो भनें। तर फेरी ऊ सोच्न थाल्यो कि यो कसरी हुन्छ ? यति ठूलो स्टारलाई जुममा कल गरेर फिल्मको कथा सुनाउनु असम्भव थियो।
त्यसै दिन मैले एक पाइलट व्यवस्था गरें र मुम्बईबाट हैदराबाद आएँ’, ओमले भनेका छन्। उनले अगाडि भनेका छन्, ‘म हैदराबाद गएँ र जब मैले उनलाई फिल्म सुनाएँ, तब उसले सहमति जनायो। ऊ निकै उत्साहित थियो। ऊ जहिल्यै एक यस्तो व्यक्ति हो, जसले मेरो समर्थन गर्यो र ममाथि विश्वास गर्यो’, उनले भनेका छन्।
प्रतिक्रिया