बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति

बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति


काठमाडौा ।

वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो। प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो।