काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई नै थुनामा पठाउन आदेश दिएको छ। उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ।
लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ। यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन्।
प्रतिक्रिया