काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ।
शुक्रबार बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो। योसँग अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय समितिले अनुमोदन गरेसँगै अब कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो।
बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उनीविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए। आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताएका थिए।
प्रतिक्रिया