यौन उत्पीडनमा परेकी सांसद थोर्पेले रूदैँ भनिन् : ‘महिलाका लागि संसद सुरक्षित छैन्’

यौन उत्पीडनमा परेकी सांसद थोर्पेले रूदैँ भनिन् : ‘महिलाका लागि संसद सुरक्षित छैन्’


मेलबर्न अष्ट्रेलिया ।

अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन्। सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन।

महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन्।

थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथी संसदमा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए, उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए । उनका अनुसार सो कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले यस्तो गरेका हुन । थोरपेका अनुसार उनलाइ सहकर्मी सांसद माथी लगाएको आरोप फिर्ता लिन दबाब दिएकोसमेत बताइन।

तर, सांसद भानले भने थोर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफु स्तब्ध भएको उनको प्रतिक्रिया छ। साथै, उनले थोर्पले लगाएका सबै आरोप झुटा भएकोसमेत सञ्चारकर्मीलाई बताएका छन्।

यद्दपी, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो । जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन्।

सांसद थोर्पले यस प्रकारको यौन दुव्यर्वहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन्। ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो।

बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन् । उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।’