एक्सपर्टको मुख्य प्रायोजनमा ‘आल्बाट्रस लाइभ इन होबार्ट’ हुँदै

एक्सपर्टको मुख्य प्रायोजनमा ‘आल्बाट्रस लाइभ इन होबार्ट’ हुँदै


होबार्ट, अष्ट्रेलिया । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज तास्मानियाको मुख्य प्रायोजनमा ‘आल्बाट्रस लाइभ इन होबार्ट’ हुने भएको छ। होबार्टको युनि बारमा आज ‘आल्बाट्रस लाइभ इन होबार्ट’ हुन लागेको हो।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज तास्मानियाका निर्देशक रसिक श्रेष्ठका अनुसार नेपालको पुरानो रक ब्यान्डलाई तास्मानियाका नेपाली माझमा ल्याउने कार्यक्रमको टाइटल स्पोन्सर बन्न पाउँदा खुसी लागेको बताए।

यस्ता खालका कार्यक्रमले सामाजिक सद्भाव बढाउँने भन्दै यस्ता कार्यक्रममा स्पोन्सर भएर काम गर्नु आफ्नो कर्तव्य पनि भएको उनले बताए। उनले तास्मानियामा हुने खेलकुद, सांगितिक कार्यक्रम र अन्य नेपाली समुदायका कार्यक्रममा पनि एक्सपर्टले सहयोग गर्दै आएको स्मरण गराए।

लाइभ इन होबार्टमा चर्चित ब्यान्ड आल्बाट्रसले आफ्नो प्रस्तुति दिने छ। आल्बाट्रसलाई स्थानीय अर्थ ब्यान्डले पनि साथ दिने आयोजकले जनाएको छ। अर्थ ब्यान्ड तास्मानियामा रहेको नेपाली ब्यान्ड हो। गिटारिस्ट सन्देश परियार र भोकलिस्ट जय घलले २०१७ मा स्थापना गरेको ब्यान्डमा अहिले ६ सदस्सीय बनेको छ। अर्थ ब्यान्डले तास्मानियामा रहेर नेपाली कला संस्कृतिको जगेर्ना गरिरहेको छ। यसले अष्ट्रेलियाका मेला महोत्सवमा पनि भाग लिने गरेको छ। अर्थ ब्यान्डले डार्क मफो र टेष्ट अफ तास्मानियामा आफ्नो प्रस्तुति राखिसकेको छ।

अर्थ ब्यान्ड अष्ट्रेलियाको नेपाली ब्यन्डमा चिरपरिचित नाम भएको लिड भोकलिष्ट जय घलेले बताए। उनले नेपालको चर्चित ब्यान्ड सँगै प्रस्तुति दिन पाउँदा आफू निकै नै हर्षित भएको भन्दै विदेश भूमिमा नेपाली गीत संगीतको जगेर्ना गर्न आफू निरन्तर लागि रहने उनको भनाइ छ।

कार्यक्रमा अष्ट्रेलियामा रहेको नेपाली ब्यन्ड शास्त्रले पनि प्रस्तुति दिने छ। जो अष्ट्रेलियाको ब्रिस्वेनमा रहेको नेपाली ब्यान्ड हो।

युवापुस्ता माझ लोकप्रिय सांगीतिक समूह आल्बाट्रसको लिड भोकलमा सिरिस डाली, लिड गितारमा सन्नी मानान्धर, बेस गितारमा अवयासिद्धी बज्राचार्य र ड्रममा किस्मत श्रेष्ठ रहेका छन्।

उक्त कार्यक्रममा प्रवेशका लागि १८ वर्ष पुरा भएको फोटोसहितको परिचयपत्र आवश्यक गरिएको आयोजकले जनाएको छ। बेलुका ७ बजेबाट सुरु हुने उक्त कार्यक्रमको ३ सय बढी टिकट बिक्री भइसकेको पनि आयोजकले केबीसी खबरलाई बताएको छ। कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने छ।