भुटानी शरर्णाथी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

भुटानी शरर्णाथी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने


काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ। सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन्। आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन्।