काठमाडौँ ।
मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका भित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका छन्। भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्च्याएसम्म कुनै पनि फिल्म महानगर भित्रका सिनेमा हलमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका हुन्।
मेयर बालेनले नेपालमा मात्र नभई पुरै भारतमा सच्च्याउनुपर्ने बताएका छन्। यसका लागि उनले तीन दिनको समय सिमा दिएका छन्।
मेयर साहले भने, दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
प्रतिक्रिया