मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाको प्रतिपक्षी दल लिबरल पार्टीका सांसद डेभिड भानलाई पार्टीले सदन पदबाट निलम्बन गरेको छ। स्वतन्त्र सांसद लिडिआ आल्मा थोर्पेलाई अभद्र व्यवहार गरेको, असिस्ट टिप्पणी गरेको र जबर्जस्त स्पर्स गरेको आरोपमा उनलाई निलम्बन गरेको हो।
बिहीबार लिडिया थोर्पेले सदनमा एक भावुक सम्बोधन गर्दै अष्ट्रेलियाको सदन महिलालाई असुरक्षित भएको बताएकी थिइन्। लिबरल पार्टीका नेता पिटर डोटनले आरोपित सांसद सदन नआउने भन्दै निलम्बनको जानकारी दिएका थिए।
१५१ सदस्य अष्ट्रेलियाको सदनमा लिबरल पार्टीका २७ सांसद छन्। दुर्व्यवहारमा परेकी स्वतन्त्र सांसद सन २०२० मा भिक्टोरियाबाट निर्वाचित लिदिआ आल्मा थोर्पे उक्त राज्य कि प्रथम आदिवासी सांसद हुन्।
प्रतिक्रिया