अनलाईन सट्टेबाजीमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ जना पक्राउ

अनलाईन सट्टेबाजीमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ जना पक्राउ


काठमाडौँ ।

प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चर्चित कलाकार र युट्युबरसमेत रहेको खुलेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले आठ जनालाई पक्राउ गरेको जानकारी दिए।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, ‘राजु मास्टर’ नामले चर्चित कलाकार राजु पौडेल, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडा, युट्युबर अलिश राई र जलन घर्तीमगर, ‘भटभटे माइला’ भनेर चिनिने बेगम नेपाली, गणेश देवकोटा ९जिडी० र सरोज घिमिरे ९ढेडो बुढो० रहेका छन्।

प्रहरीले उनीहरूलाई ‘वान एक्स बेट’को प्रमोसन गरेको आरोपमा पक्राउ गरेको हो। नेपालमा कुनै पनि एपको प्रयझग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ।

प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।