काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन्। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिए।
निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ। बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए।
यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो। त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।
प्रतिक्रिया