काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ। विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो।
टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो। ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ।
प्रतिक्रिया