काठमाडौँ ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः०० बजे बस्नेछ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।
प्रतिक्रिया