काठमाडौँ ।
मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ।
आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। नेपालले श्रृंखला ३–२ ले जितेको हो।
यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो। त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो।
आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो। नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन्।
मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन्।
प्रतिक्रिया