‘बाहुबली’ बनाउन राजामौलीले लिएका थिए २ सय करोड ऋण

‘बाहुबली’ बनाउन राजामौलीले लिएका थिए २ सय करोड ऋण


मुम्बई ।

फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ।

फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि २ सय करोड ऋण लिएको खुलासा गरेका हुन्। उनका अनुसार राजामौलीले २४ प्रतिशत व्याजमा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए।

फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका छन्। ‘३–४ वर्षपहिले फिल्म बनाउनका लागि निर्माताहरु आफ्नो घर र सम्पत्ति बैंकमा धितो राखेर ऋण लिन्थे र पैसा बैंकलाई फिर्ता दिएपछि आफ्नो सम्पत्ति पनि फिर्ता लिन्थे । राजामौलीले पनि २४ प्रतिशत व्याज तिर्ने शर्तमा यस्तै ऋण लिएका थिए’, दग्गुबातीले भनेका छन्।