मुम्बई ।
फिल्म ‘पठान’मा स्क्रिन सेयर गरेपछि अब दर्शक ‘करण अर्जुन’ फेम्ड अभिनेता शाहरुख खान र सलमान खानलाई फूल फ्लेज्ड भूमिकामा एकसाथ देख्न चाहन्छन्। यहीकारण यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै नयाँ स्पिाई थ्रिलर ‘टाइगर भर्सेस पठान’ बनाउने घोषणा गरिसकेको छ।
फिल्ममा शाहरुखसँग अपोजिटमा दीपिका पादुकोण र सलमानको अपोजिटमा कटरिना कैफको अभिनय रहनेछ । कटरीना र दीपिका स्पाई एजेन्टको भूमिकामा देखिनेछन्।
फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ। उनले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । बलिउडमा कुनै पनि निर्देशकले पाएको यो पारिश्रमिक अहिलेसम्म कै सर्वाधिक महंगो हो। फिल्ममा आदित्य चोपडाको लेखन छ । फिल्मको छायांकन सन् २०२४ बाट सुरु हुनेछ भने रिलिज २०२५ मा हुनेछ।
रोचक कुरा के छ भने सिद्धार्थले प्रभासको फिल्म ‘मैत्री’का लािग ६५ करोड रुपैंयाँको सम्झौतामा हस्ताक्षर गरेका थिए। तर उनले त्यसभन्दा अघि ‘टाइगर भर्सेस पठान’लाई अगाडि बढाउने निर्णय लिएका छन्।
‘शाहरुख र सलमानलाई एकै फिल्ममा निर्देशन गर्न पाउनु फिल्म निर्देशकका लागि एउटा सपना नै हो। कोही पनि यो अवसरलाई गुमाउन चाहँदैनन्’, फिल्म निकट स्रोतले भन्यो।
प्रतिक्रिया