काठमाडौँ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन। प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन्। भारतलाई बिद्युत विक्री तथा बंगलादेशलाई बिद्युत बिक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको बिषयमा छलफल हुने जनाईएको छ।
प्रतिक्रिया