विदेशमा जाँदा राजनीतिक अधिकार डिसेबल, नेपाल आउँदा ईनेबल : केपी शर्मा ओली

विदेशमा जाँदा राजनीतिक अधिकार डिसेबल, नेपाल आउँदा ईनेबल : केपी शर्मा ओली



मेलबर्न, अष्ट्रेलिया ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा राजनीतिक अधिकार बाहेक सबै अधिकार प्रदान गरिने बताउनुभएको छ । सन् २०२२ को नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केही पार्टीका नेताहरुले कुरा नबुझ्दा यो विषय टुंगिन नसकेको बताउनुभएको हो । उहाँको भनाई थियो, “केही साथीभाईले कुरा बुझेनन् । विदेशमा जाँदा त्यहाँ राजनीतिक अधिकार प्रयोग गर्दा नेपालमा राजनीतिक अधिकार डिसेबल हुने हो । फेरि म नेपाल फर्किन्छु भन्दा त्यहाँको त्याग्ने नेपालको राजनीतिक अधिकार ईनेबल हुने हो । अन्य सुविधा त यथावत छँदैछ ।”

नेपाली सरह लगानी गर्न पाउने, जग्गा जमिन जोड्न सकिने लगायतका अधिकार विदेशमा बस्ने नेपालीले पनि पाउने उहाँको भनाई थियो । छुट्टै गैरआवासीय नेपाली नागरिकता आवश्यक नपर्ने उहाँको तर्क थियो ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीद्वारा आयोजित नयाँ वर्ष २०२२ को शुभकामना सन्देश कार्यक्रममा करिब दुई घण्टा उपस्थित हुनुभएका ओलीले महामारीको बेला हातेमालो गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो । देशमा अप्ठेरो परेको बेला तपाईंहरुले जसरी खटिएर सहयोग गर्नुभयो यसलाई सबै नेपालीले सम्झिरहनेछन्, ओलीको भनाई थियो ।

अध्यक्ष के पी शर्मा ओलीको प्रमुख आतित्थ्यता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईको विशेष आतिथ्यतामा जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष भक्त गुरुङ अध्यक्षता ,सचिव रमेश पान्डेको सन्चालन ,सचिवालय सदस्य डा।विमला भन्डारीको स्वागत मन्तव्यबाट न्चालित कार्यक्रममा नेपालको राष्टिय गानको साथै कलाकार खड्ग न्यौपानेको आफ्नै सृजना प्रवासी गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी ,पॉच माहदेशिय कमिटी ,४० राष्ट्रीय कमिटी ,सयौ स्थानीय कमिटी लगायत अन्य प्रवासी नेपाली समुदायबाट समेत कार्यक्रममा उपस्थिति रहेको थियो । अध्यक्ष ओलि ले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न, जनताको राष्ट्रिय आकांक्षालाई सुनिश्चित गर्न र अनेकन प्रतिकुलताका वावजुद ऐतिहासिक कामहरु गर्न जनादेशद्वारा नेकपा एमाले २०२२ मा सक्रृय ढंगले अगाडी बढ्ने प्रतिबध्दता सहित प्रवासमा बस्नुहुने सम्पुर्ण प्रवासी नेपालीहरुलाई पनि सरिक हुन समेत आह्वान गर्नुभएको छ ।

साथै एमालेले देश, जनता, राष्ट्र र सुशासनको पक्षमा राम्रो काम गर्दै २०२२ मा जनताको मन जित्न सफल हुने विश्वास रहेको बताउनुभएको छ ।

Watch Video –

https://www.facebook.com/613443022009386/videos/1502255420174194