माओवादी केन्द्रकोे नेतृत्व चयन प्रक्रिया भोलिसम्मको लागि स्थगित

माओवादी केन्द्रकोे नेतृत्व चयन प्रक्रिया भोलिसम्मको लागि स्थगित


काठमाडौं १७ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ ।
माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै भोलि दिउँसो साढे एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको नेता रामनारायण विडारीले जानकारी दिनुभयो ।
१५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्यको लागि माओवादीको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार भोलि बिहान साढे ११ बजेदेखि मतदानको कार्यक्रम तय भएको थियो ।
तर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै चुनावी कार्यक्रम आजको लागि स्थगित गरिएको नेता विडारीले जानकारी दिनुभयो ।