सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुभएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो ।
मनोनीत भएकामध्ये पौडेल १४औं महाधिवेशन प्रक्रियाबाट अलग हुनुभएको थियो । यता, सिंह र निधि सभापतिमा पराजित हुनुभएको थियो । अर्का नेता गच्छदार उपसभापति पदमा धनराज गुरुङसँग पराजित हुनुभएको थियो भने नेतृ कोइराला पनि उपसभापति पदमै पराजित हुनुभएको थियो । यस्तै, डा महत महामन्त्री पदमा विश्वप्रकाश शर्मासँग पराजित हुनुभएको थियो ।