नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु


काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो। प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन्। उनीहरुको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो।