काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो।
सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो।
गत सोमवार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो।
राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धाा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारवाट अदालत बयान लिन लागिएको हो।
प्रतिक्रिया