मुम्बई ।
बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली आफ्नो बहुप्रतिक्षित प्रोजेक्ट ‘हीरामण्डी’लाई लिएर चर्चामा छन्। यो सिरिजको हाल मुम्बईमा सुटिङ जारी छ।
यसमा ऋचा चड्डा, सोनाक्षी सिन्हा, मनीषा कोइराला, अदिति राव हैदरी र सन्जीदा शेख जस्ता अभिनेत्रीको अभिनय छ। तर निर्देशक भन्साली भने सुटिङ भइसकेको केही दृश्यप्रति खुसी छैनन्।
यो फिल्मको केही भागको निर्देशन अलग–अलग निर्देशकले गरेका छन्। जसले निर्देशक भन्सालीको अधिनमा रहेर काम गरिसकेका छन्। भन्साली चाहिँ केही प्रमुख सिक्वेन्सको सुटिङ गरिरहेका छन्। हालैमात्र भन्सालीले अन्य निर्देशकले काम गरेका केही दृश्य हेरेका थिए। जुन दृश्य हेरेपछि उनी बेखुश देखिए।
त्यसकारण भन्साली केही दृश्यलाई पुनः छायांकन गर्न चाहिरहेका छन्। ‘ती दृश्यलाई भन्सालीले मनपराएनन्। जसकारण प्रोडक्सन हाउस र कर्मचारी अन्योलमा छन् । किनकी सिरिजका अधिकांश भागको छायांकन पुरा भइसकेको छ। भन्सालीले केही दृश्य पुनः सुटिङ गर्न चाहेमा वेब सिरिजको रिलिजमा ढिलाई हुनेछ’, सिरिज स्रोतले भन्यो।
प्रतिक्रिया