सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, रोक्नुपर्छ : सुमना श्रेष्ठ

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, रोक्नुपर्छ : सुमना श्रेष्ठ


काठमाडौँ ।

रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन्।

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिइन्। सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उनले रुलिङको मागसमेत गरिन्।

साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन्।