पूर्व गृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व गृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ ।

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार उनलाई पूर्जी जारी गरेको हो ।

रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक थापामाथि पनि अनुसन्धान भइरहेको थियो । यस प्रकरणमा प्रतीकको संलग्नताका प्रमाणहरु भेटिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।