गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ, दीपक मनाङेले पाएनन् स्थान

गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ, दीपक मनाङेले पाएनन् स्थान


काठमाडौँ ।

गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए ।

यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० मन्त्री बन्ने चर्चा रहे पनि उनको ठाउँमा कांग्रेसका आले मन्त्री बनेका छन्।

गत वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।