काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान रास्वपा का सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगेका हुन् ।
भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।
सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए । ‘सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो । त्यो हुन नसकेपनि तपाइँहरुले साथ जरुरी छ’, प्रचण्डको भनाइ उदृत गर्दै रास्वपाका एक नेताले भने, ‘म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’
रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो ।
प्रतिक्रिया