काठमाडौँ ।
सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताबिचको छलफल सुरु भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।
नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग सुरु भएको छ । आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई निलम्बनमा परेका छन । उनी भने फरार रहेका छन् ।
प्रतिक्रिया