काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्नेलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनामा संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थीलाई बेचविखन गरेका, त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातिएको छ, यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’ उनले भने ‘यसको दूधको दूध पानीको पानी हुनेगरि छानबिन गर्ने र विक्रि वितरण गर्ने व्यापारिहरुलाई कारवाही गरेपछि मात्र सदन सुचारु हुने हुन्छ ।’
उनले विगतको उदाहरण दिँदै यो पटक घटनाको समाधान भएपछि मात्रै सदनलाई सुचारु गर्न माग गरेका छन् ।
प्रतिक्रिया