अभियुक्तलाई बचाउन खोजको भन्ने आरोप निराधार : केपी ओली

अभियुक्तलाई बचाउन खोजको भन्ने आरोप निराधार : केपी ओली


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अभियुक्तलाई बचाउन खोजको भन्ने आफूमाथि लागेको आरोपमा सत्यता नभएको बताएका छन् ।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि अभियुक्तलाई बचाउन खोज्नुभएको छ भन्ने आरोप छ नि ? भन्ने प्रश्नमा उनले केही मानिसहरुले हल्ला मात्र फैलाएको जिकिर गरे ।

उनले भने ‘ तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, त्यस्ताहरूले हल्ला फैलाएका हुन् ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन् ? भन्ने प्रश्नको जवाफमा तपाईंहरूले खोज्नु न भन्दै रायमाझी आफ्नो सम्पर्कमा नरहेको दावी गरे ।